हिट गीत ‘कालो केशमा रेलिमई’ की यति राम्री ‘चियावाली’ मिडियामा
झापा । गितार बजाउँदै गीत गाउनु दिनेश ढकालको रुची हो । आफू कुनै दिन गायककै रुपमा चिनिनसक्छु भन्ने उनलाई कहिल्यै लागेको थिएन । तर गायकको रुपमा चिनिने रहर नभएको भने चाहिँ होइन ।
लकडाउनमा समय कटाउने मेलोको रुपमा आफूले लेखेको गीत ‘कालो केशमा रेलिमई, बाँधेको रिबन, युट्युव र टिकटकमा भाइरल भएपछि भने उनी दंगदास छन् । साथीभाइ माझ गितारको धुनसँगै गीत गुन्गुनाउँदा उनलाई कताकता ‘म नि गीत रेकर्ड गर्न सक्छु कि !’ भन्ने लाग्थ्यो । समयसँगै गायक बन्ने सपना अन्तै मोडिएपनि कोरोना महामारीबीच भएको लकडाउनमा उनले केही गीतका शब्द कोरे । त्यो मध्ये लोक लयमा कोरिएको ‘कालो केशमा रेलिमई’ अहिले युवापुस्ताको जिब्रोमा झुण्डिएको छ ।खासमा कोरिएका गीतहरु मध्ये रेकर्डिङका लागि अन्तिम प्राथमिकतामा थियो, ‘कालो केशमा रेलिमई’ ।
पपगीत गाउन रुचाउने उनले पहिला पप शैलीकै गीतको रेकर्डिङलाई प्राथमिकतामा राखेका थिए । उनी आफ्ना गीत ‘आर्टमाण्डु’सँगको सहकार्यमा निकाल्न चाहन्थे । संगीतमा छुट्टै खालको प्रयोग गरिरहेको आर्टमाण्डुका कामहरुले उनलाई तानेको थियो । आर्टमाण्डुसँग जोडिने हुटहुटीबीच उनको भेट अंकितबाबु अधिकारीसँग भयो । मनमा उब्जिएका अनेकौं संशयलाई पन्छाउँदै उनले आत्मविश्वास बटुलेर अंकितलाई भेटे ।
आफ्नै कम्पोजिसनमा तयार पारेका सबै गीतहरु सुनाए । सबै पप ट्युनका गीत सुनाइसकेपछि अन्त्यमा सुनाए ‘कालो केशमा रेलिमई’ । सो ट्युन सुनेपछि अंकितले अरुलाई थाँति राखेर त्यही गीतमा काम गर्न सल्लाह दिए । यसैबिच गीतकी मोडल अल्का सुवेदी मिडियामा आएकी छिन् । गीतबाट निकै चर्चा पाएकी अल्कालाई यतिबेला चियावाली भनेर चिन्न थालेका छन् । शिशिर भण्डारीसँग कुराकानी गर्दै उनले यस्तो भनिन् ।