२०८१ माघ २ गते , बुधबार

बलिउड अभिनेत्री परिणिती चोपडा पहाडमा

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ६ गते , शनिबार
बलिउड अभिनेत्री परिणिती चोपडा पहाडमा

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला 'उचाइ'को छायांकनका लागि नेपालमा छिन्। पहिलो पटक नेपालका हिमाली र पहाडी क्षेत्र घुमेकी परिणितीलाई नेपाल बसाइ रमाइलो लागिरहेको छ। जुन उनको फेसबुक इन्टाग्रामबाट थाहा लाग्छ। 

फिल्म छायांकनको लागि मनाङ क्षेत्रमा रहेकी परिणितीले दुई दिनअघि पहाडमा ध्यान गरिरहेको फोटो राखेकी छन्। जहाँ उनले दैनिक ध्यान नै आफ्नो राज रहेको उल्लेख गरेकी छन्। 

त्यसअघि सोलुखुम्बु जाँदा पनि उनले नम्रताको पाठ सिकाएकोमा धन्यवाद भन्दै सगरमाथा देखिने गरी आफ्नो फोटो राखेकी थिइन्। त्यसपछि उनले जिन्दगीका सुनौला पल भन्दै छात्राहरूसँग फुटबल खेल्दै गरेको भिडियो सार्वजनिक गरेकी थिइन्। 

उचाइको छायांकनका लागि परिणितीसहित अनुपम खेर, बमन इरानीलगायतका कलाकार यतिबेला नेपालमा छन्। सुरज बडजात्या निर्देशनमा बन्दै गरेको फिल्मको अधिकांश छायांकन नेपालमै हुँदैछ। 

सम्बन्धित समाचार