के हेर्दैछ बजार अनुगमन समिति ? झापाका बजारमा चिनीको मुल्य मनपरी

झापा । दशैंको किनमेल चलिहरेको व्यापारीले आफु खुशी मुल्य निर्धारण गरेर चिनी विक्री गरिरहेका छन् । भारतीय बजारबाट चिनी आयात नहुँदा व्यापारीको मनपरी चलिरहेको छ ।
साल्ट टेडिङ बिर्तामोडले सहुलियतमा चिनी ल्याउने छाटकाट देखाएको छैन । दशैंमा सहुलियत मुल्यको पसल सञ्चालन समेत नगरेको बिर्तामोड शाखाले चिनी समेत उपलब्ध गराउन सकेन । साल्ट ट्रेडिङका बिर्तामोड प्रमुख प्रेम भट्टराईले दशैंअघि बिर्तामोडमा चिनी आउने संभावना नरहेको जानकारी दिए । उनले सरकार र आयात कर्ता बिचको कुरा नमिल्दा चिनी आयात गर्न नसकेको बताएका छन् । साल्ट टेडिङमा सहुलियत पसलबाट नेपाली चिनी प्रति केजी ८९ रुपैयाँमा विक्री वितरण भइरहेको छ ।
झापाको बिर्तामोडमा व्यवसायीहरुको विक्री मुल्य फरक–फरक पाइएको छ । भद्रपुर रोडमा रहेको नविन किरानाले प्रति केजी ९० रुपैयाँमा चिनी विक्री गरिहरेको छ । नविन किरानाका सञ्चालक सुवोध पाठकले ८८ रुपैयाँमा चिनी खरिद गरेर ९० रुपैयाँमा विक्री गर्दै आएको जानकारी दिए । नविन किरानाको पश्चिम भागमा रहेको आर।के। स्टोरले प्रति केपी ९५ रुपैयाँमा चिनी विक्री गर्दै आएको छ ।
बिर्तामोडमा चिनीको ठुलो कारोवार गर्ने स्वस्तिक स्टोर,चौधरी टे«डिङ, श्याम भण्डार, बालाजी हुन् । सबै जसो व्यापारीले चिनी ८८ रुपैयाँ प्रति केजीमा विक्री गरिरहेका छन् । बाँकी चिनी उठाउनेलाई ८९ सम्म पर्ने बुझिएको छ । खुद्राबाट ९०, ९५ देखि १०० रुपैयाँसम्म प्रति केजी मुल्यमा चिनी विक्री भइरहेको पाइएको छ । न्यू ममता मिष्ठान्न भण्डारका सञ्चालक टिंकु दासले प्रति केजी ९० रुपैयाँमा चिनी खरिद गरेर मिठाइ बनाइरहेको बताएका छन् ।
स्वस्तिकका सञ्चालक प्रदिप पेडिवालले ८८ रुपैयाँमा चिनी विक्री गर्दै आएको बताए । भारतबाट चिनी नआएका कारण नेपालमा चिनीको अभाव हुने संभावना रहेको पेडियाको भनाई छ । तत्कालै बजारमा चिनीको अभाव हुदैन , उनले भने – अभाव चै हन्छ, हुन्छ । नेपाली चिनी उधोगहरुमा चिनी नभएको उनको भनाई छ । पेडिवालका अनुसार खुद्रामा ९५ रुपैयाँसम्म चिनी विक्री गर्दा उपभोक्तालाई न्याय हुन्छ । सय रुपैयाँ पुर्याउदा उपभोक्तामाथि अन्याय हुने अन्य व्यापारीको भनाई छ ।
झापासँग जोडिएका भारतीय बजारहरुमा चिनीको मुल्य भारु ३९ देखि ४१ रुपैयाँसम्म पर्ने गरेको छ । भारतीय बजारबाट नेपालीले बढिमा ६५ रुपैयाँमा चिनी पाउने अवस्था छ । सीमा नाका बन्द भएका कारण यहाँका उपभोक्ताले महंगो मुल्यमा चिनी खरिद गर्न बाध्य हुनुपरेको छ ।