२०८१ माघ २ गते , बुधबार

अभिनेत्री करिना कपुरको कार प्रहरी नियन्त्रणमा

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १६ गते , शनिबार
अभिनेत्री करिना कपुरको कार प्रहरी नियन्त्रणमा

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरको लक्जरी कार ‘पोर्श बक्सस्टर’ कार केरला प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उक्त कार अभिनेत्री करिनाकै नाममा दर्ता छ । अहिले प्रहरी यो कागजात सही वा होइन भनेर जाँच गरिरहेको छ । 

कारण करिनाको यो कार पछिल्लो एक हप्तादेखि प्रहरीले खोज्दै गरेका व्यक्तिको हुन सक्ने आशंका प्रहरीले गरेको हो । ५२ वर्षीय मोनसन मावुंकललाई ठगीको आरोपमा प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार उनले करिब १० वर्षमा एन्टिक अर्थात् दुर्लभ चिजहरूको नाममा करोडौंलाई ठगी गरेको आरोप छ । 

सोही आरोपितबाट बरामद भएको २० वटा कारहरूमध्ये एउटा यही पोर्श बक्सटर थियो । जानी नजानी ठगीको नाममा अभिनेत्रीको नाम पनि जोडिएको छ ।

सम्बन्धित समाचार