२०७८ कार्तीक ८ गते , सोमवार

ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै :: Times of Pradesh

झापा । एभरेष्ट प्रिमियर लिग (ईपीएल)  क्रिकेटमा आज दुई खेलहरु हुँदैछन्। टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौं र चितवनबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्री जितको खोजीमा रहेको छ। काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो। सोमपाल कामीको कप्तानी रहेको चितवन समेत दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो।

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स बीच प्रतिस्पर्धा हुनेछ। भैरहवा र ललितपुरबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ। शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा दोस्रो जित निकाल्न चाहन्छ। भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो। त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो।

ललितपुर भने पहिलो जित निकाल्न चाहन्छ। ललितपुरले दुई खेलमा अंक जोड्न सकेको छैन। ललितपुर बुधबार पोखरासँग पराजित भएको थियो।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment