२०८१ मंसीर २७ गते , विहीबार

देशभर सार्वजनिक सवारी साधनको भाडा बढ्यो

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ९ गते , शनिबार
देशभर सार्वजनिक सवारी साधनको भाडा बढ्यो

झापा । सरकारले सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले शुक्रबारदेखि देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ।

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ। हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ।

भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ। भाडादर समायोजन गर्ने निर्णयअनुसार भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ।त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ। नयाँ भाडादर अनुसार काठमाडौंबाट इलाम जाने यात्रुले एक हजार ६९१ रुपैयाँ भाडा तिर्नुपर्नेछ। काठमाडौँ काँकडभिट्टा जानका लागि एक हजार ४७० रुपैयाँ भाडा लाग्ने भएको छ।

विभागले देशभरका कुल २८६ रुटको भाडादर समायोजन गरेको छ। विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा २६ प्रतिशत भाडा वृद्धि गरेको छ।

सम्बन्धित समाचार