२०८१ पौष २९ गते , सोमबार
व्यवसायीको आन्दोलन जारी, भद्रपुर भन्सारको कामकाज तेस्रोदिन पनि ठप्प
झापा । राजश्व अनुसन्धान कार्यालय इटहरीको ज्यादतीविरुद्ध भद्रपुरका व्यापारी तथा कारोबारीको आन्दोलन जारी छ । आन्दोलित बनेका व्यापारी तथा कारोबारीले शुक्रबार पनि भन्सारबाट कुनै सामान राजश्व तिरेर लगेका छैन । उनीहरू आन्दोलित बनेको शुक्रबार तेस्रो दिन हो ।
तीनदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएपछि भद्रपुर भन्सार कार्यालयको कामकाज ठप्प हुनुका साथै राजश्व सङ्कलन प्रभावित बनेको छ ।
भन्सारमा राजश्व तिरेको प्रज्ञापनपत्र र बिजबिजक देखाउँदा देखाउँदै राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले मङ्गलवार दिउँसो ४ बजे दुई पोका कपडा नियन्त्रणमा लिएको थियो । राजश्वका अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वमा खटिएको टोलीले भन्सारदेखि ५० मिटर दुरीभित्रै ठेला भेनासहित सो कपडा नियन्त्रणमा लिएपछि व्यापारी तथा कारोबारीले प्रतिकार गर्दे आन्दोलित बनेका हुन् । व्यापारी तथा कारोबारी आन्दोलनमा उत्रिए पनि इटहरीले त्यो सामान छाडन मानेको छैन ।
व्यापारीले प्रज्ञापनपत्र अनुसार सामान ठिक भएकाले राजश्वले सामान छाड्नु पर्नेमा अडानमा रहेका छन् । सो सामान अंशु इन्टरप्राइजेजका प्रोप्राइटर अंशु मित्तलको नाममा बिलविजक, भन्सार प्रज्ञापनपत्र र भिसिटिएस समेत जारी गरी व्यापारी रञ्जित रायाले लैजाँदै थिए ।
यहाँ पनि क्लिक गर्नुहोस्