२०७८ कार्तीक ८ गते , सोमवार

बिर्तामोडमा प्रतिबन्धित १८ कार्टुन रेडबुल बरामद

बिर्तामोडमा प्रतिबन्धित १८ कार्टुन रेडबुल बरामद :: Times of Pradesh

झापा । इलाका प्रहरी कार्यालय अनारमनीले प्रतिबन्धित १८ कार्टुन रेडबुल बरामद गरेको छ । मंगलबार साँझ प्रहरीले चेकजाँचका क्रममा प्रतिबन्धित रेडबुल फेला पारेको हो ।

बिर्तामोड–५ स्थित कनकाई रोडबाट प्रहरीले भन्सार छलेर भित्राएको रेडबुल बरामद गरि इलाका प्रहरी कार्यालयमा राखेको छ । बरामत रेडबुल मेची भन्सारलाई बुझाइने जनाइएको छ । कनकाई रोडबाट ठेलामा हालेर लैजादैं गर्दा प्रहरीले बरामत गरेको हो ।

२०७६ असारमा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ । सो रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने प्रहरीको भनाई छ । त्यसैले प्रतिबन्धित रेडबुल भारतबाट तस्करीको माध्यमबाट नेपाल भित्रिन्छ । रेडबुल लिएर हिड्ने फरार भएका छन् ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment