२०८१ बैशाख ७ गते , शुक्रबार

चीनमा ६ म्याग्निच्युडको भूकम्प, दुई जनाको मृत्यु, दर्जनौं घाइते

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ३१ गते , विहीबार
चीनमा ६ म्याग्निच्युडको भूकम्प, दुई जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा भुकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ। ६० जना घाइते भएका छन्। त्यसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको सिन्ह्वा न्युजले जनाएको छ। समाचार अनुसार ३५ भन्दा बढि  घरहरू भत्किएका छन्। बिहीबार बिहान १० किलोमिटर गहिराइबाट ६.० म्याग्निच्युडको भुकम्प गएको हो।  भुकम्पपछिको उद्धारकार्य भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार