२०८३ बैशाख ५ गते , शनिबार

निपाह भाइरस सङ्क्रमण, सतर्कता अपनाउन विज्ञको सुझाव

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २८ गते , सोमबार
निपाह भाइरस सङ्क्रमण, सतर्कता अपनाउन विज्ञको सुझाव

झापा । भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।  स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी  तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.  कृष्णप्रसाद पौडेलले नेपालमा पनि निपाह भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बैठकले सबै अस्पताललाई परिपत्र गर्दै सङ्क्रमणको चुनौतीविरुद्ध प्रबन्ध गर्न  लक्षण देखिए रिपोर्टिङ गर्न भनिसकेको जानकारी दिए । डा. पौडेलले निपाह भाइरसको लक्षण देखिएमा बिरामीको नमुना लिएर  काठमाडौँको टेकुस्थित जनसवास्थ्य प्रयोगशालामा पठाउन पनि महाशाखाले आग्रह गरेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार