२०७८ आश्विन ७ गते , विहीवार

अभिनेत्री रानीले लगाइन निर्देशकमाथि यौन दुर्व्यवहारको आरोप

अभिनेत्री रानीले लगाइन निर्देशकमाथि यौन दुर्व्यवहारको आरोप :: Times of Pradesh
एजेन्सी । फिल्म लाइनमा गरिने यौन दुर्व्यवहार अहिले पनि जारी नै रहेको छ । निर्देशक, निर्माता तथा आफ्नै सहकर्मी साथीहरूबाट उत्पीडनमा पर्ने गरेका छन् हिरोइनहरू । पछिल्लो समय यस्तै एउटा घटना सार्वजनिक भएको छ । भोजपुरी अभिनेत्री रानी चटर्जीले बलिउडका निर्देशकले आफूमाथि यौन दुर्व्यवहार गरेको दाबी गरेकी छिन् ।

बिग बोस ओटीटीबाट बाहिरिएकी भोजपुरी अभिनेत्री अक्षरा सिंहले क्षेत्रवादको मुद्दा उठाएकी थिइन् । यही मौकामा अभिनेत्री रानीले पनि त्यसको समर्थन गर्दै आफू माथि भएको यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । भारतीय सञ्चारमाध्यम आज तकसँग कुराकानी गर्दै उनले निर्देशक बाटै आफूलाई दुर्व्यवहार भएको खुलाएकी हुन् ।

उनले आफू करियरको सुरुवाती दिनहरूको स्मरण गदै हिन्दी फिल्ममा खेल्नका लागि निर्देशकसँग भेट्न जाँदा निर्देशकले गलत व्यवहार गरेको खुलासा गरेकी हुन् । उनले ती निर्देशकको भने नाम खुलाएकी छैनन् । जब उनी हिन्दी फिल्ममा खेल्न लागि निर्देशकको कार्यालयमा पुगेकी थिइन् त्यति बेला निर्देशकले उनी माथि एकदमै नराम्रो व्यवहार गरेका थिए ।

रानीले त्यति नै बेला आफू कम्फर्टेबल नभएको भन्दै बाहिर निस्किएकी थिईन् । उनी त्यसपछि बाहिर निस्किएर बेस्सरी रोएकी थिईन् । आखिर ती निर्देशक को हुन् भन्ने नखुलाए पनि ती निर्देशकले मिटु अभियान आए सँगै सजाय पाइसकेको समेत बताइन् ।


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment