२०८१ फाल्गुन ४ गते , आईतबार

‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १७ गते , विहीबार
‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

मुम्बई । एबीपी लाइभ– भारतीय टेलिभिजनकाअभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ । उनी ४० वर्षका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार बिहान ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनले अन्तिम श्वास फेरेका थिए ।

सिद्धार्थको लोकप्रियता टेलिभिजन सिरियल ‘बालिका बधु’बाट चुलिएको थियो । त्यसपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । उनी ‘दिल से दिल तक’ सिरियलमा पनि देखिएका थिए । उनले बलिउडमा ‘हम्प्टी शर्माकी दुल्हनिया’बाट डेब्यू गरेका थिए । उनले ‘बिग बोस १३’बाट बढी लोकप्रियता पाए । यो शोमा पञ्जाबी अभिनेत्री शहनाज गिलसँगको उनको जोडी निकै रुचाइएको थियो । दुवैजना हालैमात्र ‘बिग बोस ओटीटी’ पनि देखिएका थिए ।

सिद्धार्थ ‘खतरों के खेलाडी सिजन ७’मा पनि देखिएका थिए । उनले ‘सावधान इण्डिया’ र ‘इण्डिया गट ट्यालेन्ट’को होस्ट गरेका थिए । उनको जन्म १९८० डिसेम्बर १२ मा मुम्बईको हिन्दू ब्राम्हण परिवारमा भएको थियो । आफ्नो मोडलिङको सुरुवाती दिनमै उनले पितालाई गुमाएका थिए ।

सम्बन्धित समाचार