२०८२ बैशाख ९ गते , मंगलबार
कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने

झापा। कोरोना महामारीले रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डले बुधवार जारी गरेको सूचना अनुसार यसअघि कोरोना महामारीका कारण स्थगन गरिएको परीक्षा भदौ ३० गतेदेखि सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुने गरी सञ्चालन गर्न लागिएको हो । सङ्गीत, ललितकला र संस्कृत विषय समूह तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेड वृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न लागिएको हो ।