२०८१ माघ २५ गते , शुक्रबार
बलिउडमा डेब्यु गर्दै अभिनेता सैफ अलि खानका छोरा इब्राहिम

मुम्बई । अभिनेता सैफ अलि खानका छोरा इब्राहिम अलि खानले बलिउडमा डेब्यु गर्ने तयारीमा रहेका छन् । लाइमलाइटबाट टाढै रहने इब्राहिम खानले चाँडै नै करण जोहरको चलचित्र ‘राँकी एन्ड रानीकी प्रेम कहानी’मार्फत बलिउडमा डेब्यु गर्न लागेका हुन ।
यसअगाडि पनि करण जोहरले कयौँ स्टारकिड्सलाई बलिउडमा लन्च गरिसकेका छन् । सोही लिस्टमा इब्राहिम खानको पनि नाम सामेल हुने भएको छ । चलचित्र ‘राँकी और रानीकी प्रेम कहानी’ करण जोहरले निर्देशन बन्न लागेको हो । यो चलचित्रमा अभिनेत्री आलिया भट्ट र रणवीर कपुर मुख्य भूमिकामा रहेका छन् । साथै यस चलचित्रमा धर्मेन्द्र, शबना आजमी र जया बच्चन पनि मुख्य भूमिकामा रहने जनाइएको छ ।