२०८१ माघ २७ गते , आईतबार

नायिका नुसरत जहां बनिन् आमा, श्रीमानले भने, ‘यो मेरो बच्चा होइन’

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १० गते , विहीबार
नायिका नुसरत जहां बनिन् आमा, श्रीमानले भने,  ‘यो मेरो बच्चा होइन’

एजेन्सी । टीएमसीकी सांसद तथा नायिका नुसरत जहां आमा बनेकी छिन् । नायिकाले छोरा जन्माएकी छिन् । नुसरतलाई २५ अगस्टको राती कोलकाताको नियोसिया अस्पताल भर्ना गरिएको थियो । अभिनेता यश दास गुप्ताले नुसरतलाई अस्पताल लिएर गएका थिए ।

सुत्केरी हुनु अघि नुसरतले आफ्नो फोटो इन्स्टाग्राममा सेयर गरेकी थिइन्, ‘फेथ ओभर फियर’ । आमा बनेपछि नुसरत जहांलाई प्रशंसक र सेलिब्रिटीले बधाई दिइरहेका छन् । नुसरत जहांको गर्भावस्थाको विषयमा निकै विवाद भएको थियो । थुप्रै दिनदेखि नुसरत गर्भवती भएको खबर आइरहेको थियो । पछि नुसरतको बेबी बम्पसहितको फोटो चर्चाको विषय बनेको थियो ।

जब नुसरतको गर्भावस्थाको खुलासा भयो, त्यति नै बेला नायिका उनका श्रीमानबाट अलग्गिएको कुरा पनि सार्वजनिक भएको थियो । निखिल जैनसँग नुसरतको विवाह सन् २०१९ मा भएको थियो तर तनावपछि उनीहरू सन् २०२१ मा अलग्गिए । नुसरतको गर्भावस्थामाथि निखिल जैनले आफूलाई यसबारे केही थाहा नभएको बताएका थिए । उनले नुसरतको गर्भमा हुर्किरहेको बच्चा पनि आफ्नो नभएको बताएका थिए । यसैबीच नुसरतको नायक यश दासगुप्ता सम्बन्ध रहेको चर्चा हुन थाल्यो । यद्यपि, यी दुईले आफ्नो सम्बन्ध स्विकार गरेका छैनन् । रातोपाटीबाट

सम्बन्धित समाचार