२०८१ फाल्गुन ४ गते , आईतबार

जनगायक जेबी टुहुरेको निधन

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १० गते , विहीबार
जनगायक जेबी टुहुरेको निधन

झापा । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को बिहीबार निधन भएको छ । ७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

कंलकीमा रहेको घरमा लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनमा उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोग समेत थिए। टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराएका छन् ।

उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत सर्वाधिक चर्चित छ। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

सम्बन्धित समाचार