२०८१ माघ २७ गते , आईतबार
झापाकी रचना रिमालले लिएर आइन् : ‘तीजको महिना छ’ (भिडियोसहित)
झापा । चर्चित गायिका रचना रिमालको “तिजको महिना छ” बोलको गितको भिडियो सार्वजनिक भएको छ। उक्त गितमा शब्द डि।पि खनालको रहेको छ भने संगीत नबिन कार्कीको छ गितमा स्वर भने रचना रिमालको रहेको छ। भिडियोलाई एरेन्ज र मिक्सिंग बिसाल निरौलाले गरेका हुन् । योगेन्द्र कार्कीले निर्देशन गरेको भिडियोलाई छायांकन,सम्पदान मिराज अर्यालले गरेका छन्।
यस म्युजिक भिडियोमा अभिनय अनिता बस्नेत,सबिना आचार्य, रक्षा बुढाथोकी, एलिना रानाले गरेका छन् । भिडियो सोमबार रचना रिमाल युटुब चानल मार्फत सार्वजनिक भएको हो। । यस भिडियोमा खासगरि तिजको बारेमा बर्णन गरिएको छ। महिलाहरुले बर्ष दिनको तिजमा आफुले नाच्न पर्छ भन्नेकुरा यसमा उल्लेख गरिएको छ। गायिका रचना रिमालले यस अघि पनि धेरै चर्चित गितहरु गाइसकेकी छिन । राम्रो लागनीमा निर्माण गरिएको गीत हेर्नुस