२०८१ माघ २५ गते , शुक्रबार

तीन देशमा अक्षय कुमारको फिल्म 'बेलबटम' मा प्रतिबन्ध

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ७ गते , सोमबार
तीन देशमा अक्षय कुमारको फिल्म 'बेलबटम' मा प्रतिबन्ध

काठमाडौं। अक्षय कुमारको फिल्म बेलबटमलाई तीन खाडी देशहरुले प्रतिबन्ध लगाएका छन् । दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रियापाइरहेको यो फिल्मलाई खाडी देशहरु साउदी अरब, कतार र कुवेतले प्रतिबन्ध लगाएका हुन् । यी देशले फिल्ममा देखाइएको तथ्यलाई गलत भन्दै फिल्ममाथि प्रतिबन्ध लगाएका हुन् । यहाँको फिल्म सर्टिफिकेसन अथोरिटीले फिल्ममा ऐतिहासिक तथ्यमाथि छेडछाड गरिएको बताएका छन् ।

बेलबटम स्पाइ प्रिलर फिल्म हो । १९८० को दशकमा भएको विमान अपहरणको सत्य घटनामा आधारित यो फिल्ममा अक्षय कुमार रअ एजेन्टको रुपमा देखिएका छन् । फिल्मको दोस्रो हाफमा अक्षय कुमारले विमान अपहरणकर्तासँग पहिलो कुराकानी र त्यसपछि लडाइँ गरेर विमानमा फसेका २१० जना यात्रुलाई बचाएको देखाइएको छ । खाडी देशहरुले यही कुरालाई गलत भनेका छन् ।

यो फिल्म जुन वास्तविक घटनामा आधारित भनिएको छ त्यो विमान अपहरण १९८४ मा भएको थियो । यो घटनामा संयुक्त अरब इमिरेट्सका मन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले स्वयं यो परिस्थितिलाई नियन्त्रण गरेका थिए । लाहोरबाट दुबइ पुगेको विमानका अपहरणकर्ताहरुलाई उनले पक्राउ पनि गरेका थिए । तर, फिल्ममा यो सबै काम भारतबाट गएका अक्षय कुमारले गरेको देखाइएको छ र यही कुराप्रति आपत्ति जनाउँदै खाडी देशहरुले फिल्ममा प्रतिबन्ध लगाएका छन् ।

सम्बन्धित समाचार