२०८१ फाल्गुन ४ गते , आईतबार

झापाकी अदितिको बिकिनी लुक फेरि चर्चामा (हेरौँ तस्बिरहरू)

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ६ गते , आईतबार
झापाकी अदितिको बिकिनी लुक फेरि चर्चामा (हेरौँ तस्बिरहरू)

झापा । अनमोल केसीसँग स्क्रिन शेयर गर्दै ‘कृ’बाट नेपाली फिल्म डेब्यु गरेकी हुन् अभिनेत्री अदीति बुढाथोकीले । यसै फिल्मबाट राम्रो चर्चा बटुलेकी उनको सौन्दर्यको चर्चा भारतीय मिडियाले समेत बेलाबेलामा गर्ने गरेका छन् । केही अगाडि ‘एबीपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियो । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिँदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाएको थियो ।
उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउँदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको थियो । सो समय उनका तस्बिर इस्टाग्राममा भाइरल भएका थिए । झापा, दमकमा जन्मिएकी अदिती पछिल्लो समय मुम्बईमा बस्दै आएकी छिन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।

‘कृ’ अभिनयपछि फेरि मुम्बई फर्किएकी अदिती फिल्म ‘बाबरी’ अभिनयका लागि नेपाल फर्किएकी थिइन् । कोरोनाका कारण सरकारले गरेको निषेधका कारण फिल्म रोकिएपछि उनी फेरि मुम्बई फर्किएकी छन् । यतिबेला मुम्बईमा रहेकी पञ्जावी भाषाका म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् । केही वेभ सिरीज समेत अभिनय गरेकी अदिती बलिउडका फिल्ममा डेब्यूका लागि संघर्षरत छिन् ।

सामाजिक सञ्जालमा आकर्षक तस्बिर तथा भिडियो शेयर गरेर भारतीय तथा नेपाली मिडियामा चर्चामा छाउने उनी इन्स्टाग्राममा प्रायः तस्बिर तथा भिडियोहरु शेयर गरिरहेकी हुन्छिन् । उनी बिकिनीमै समेत भिडियो तथा तस्बिरहरु शेयर गर्छिन् ।

यसैबीच हालै पनि उनले सामाजिक सञ्जालमा कालो रंगको बिकिनीमा एउटा भिडियो शेयर गरेकी छिन् । जसको चर्चा अहिले हुन थालेको छ । एक दिनअघि त्यही भिडियोमा देखिएका दृष्यहरुका केही तस्बिरहरु शेयर समेत उनले गरेकी थिइन् ।

समुद्रको किनारमा खिचिएका ती तस्बिर तथा भिडियोमा अदितीले आफ्नै शारीरिक बनावटको प्रशंसा गरेकी छन् । उनको उक्त भिडियो तथा तस्बिरहरुले हजारौं लाइक तथा कमेन्ट पाएका छन् । कालो गगल्समा देखिएकी अदितिका तस्बिर तथा भिडियोलाई अधिकांशले प्रशंसा गरेका छन् ।

 

 


सम्बन्धित समाचार