२०८२ बैशाख ९ गते , मंगलबार

वरिष्ठ हाँस्य कलाकार शम्भु थापाको निधन

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ५ गते , शनिबार
वरिष्ठ हाँस्य कलाकार शम्भु थापाको निधन

झापा । कलाकार शम्भु थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो ।  वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’नामले परिचित थिए । उनको पाटन हस्पिटल ललितपुरमा भेन्टिलेटरमा राखेर उपचार गरिदैँ आएको थियो । 

१८ दिनदेखि उनी उपचाररत थिए । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । उनले थुप्रै चलचित्रमा अभिनय गरेका उनले दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् ।‘मदन बहादुर हरिबहादुर’मा पनि उनले अभिनय गरेका थिए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षको उमेरमा थापाको निधन भएको हो । 

थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका  थिए । चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए ।  

सम्बन्धित समाचार