२०८१ माघ २५ गते , शुक्रबार
झापामा बैङ्किङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ

झापा । बैङ्किङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक दमक नगरपालिका १० हाल वडा नम्बर ५ निवासी ४७ वर्षीय विनोदकुमार कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार उच्च अदालत पाटनको २०७७ साल मङ्सिर ३० गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा कार्कीलाई तीन दिन कैद र सात लाख जरिवाना र पीडित राहत कोषमा २८ हजार क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला सुनाएका थिए ।
फैसला सुनाएदेखि फरार रहेका कार्कीलाई अदालत फैसला कार्यान्वयनका लागि झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको डिएसपी थापाले बताए । उनलाई कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।