२०७८ श्रावण २१ गते , विहीवार

लागु औषधसहित एक युवक पक्राउ

लागु औषधसहित एक युवक पक्राउ :: Times of Pradesh

सुनसरी । सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुनेबाट प्रतिबन्धित लागु औषधीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । गएराति ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धित औषधी Spaspain – १५०० ट्याव्लेट र Tramol-50 –१५०० ट्याव्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको जनाइएको छ 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment