२०७८ श्रावण २२ गते , शुक्रवार

बिर्तामोडमा श्रृंखलाबद्ध हत्याका घटना : हत्यारा पत्ता लगाउन नसकेको भन्दै राप्रपाको विरोध प्रदर्शन

बिर्तामोडमा श्रृंखलाबद्ध हत्याका घटना : हत्यारा पत्ता लगाउन नसकेको भन्दै राप्रपाको विरोध प्रदर्शन :: Times of Pradesh

झापा । बिर्तामोड क्षेत्रमा पछिल्लो पटक श्रृंखलाबद्ध हत्याका घटना भइरहेको छ । प्रहरीले घटना संलग्न हत्यारा पत्ता लगाउन नसकेको भन्दै राप्रपा बिर्तामोडले सोमबार सांकेतिक बिरोध गरेको छ ।
राप्रपा बिर्तामोड नगर समितिले पूर्व पश्चिम राजमार्गमा शान्ति र्याली निकालेर विरोध जनाएको हो । पार्टी कार्यालयबाट सुरु भएको र्याली बिर्तामोडको मुक्ति चोकको परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै राप्रपा जिल्ला अध्यक्ष केशब ओझाले प्रहरी प्रशासनले राम्रोसँग अनुसन्धान गरोस् भन्दै ध्यानाकर्षण गराउन यस्तो दवावमूलक कार्यक्रमको आयोजना गरिएको बताए ।
अर्का वक्ता राप्रपा बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेलले प्रहरी प्रशासनले अनुसन्धान गरेर अपराधीलाई कानूनको कठघरामा उभ्याउन असफल देखिएकाले आम जनमानसमा त्रासको स्थिति पैदा भएको बताइन् । उनले अपराधी पत्ता लगाई नगरमा शान्ति सुरक्षा बहाली गर्नेतर्फ प्रहरीले सक्रियता बढाउनुपर्ने जोड दिइन् ।

विरोध सभामा राप्रपाका दिनु राजवंशी, तिलक निरौला , सिर्जना बस्नेत लगायतको हत्यारा चाँडोभन्दा चाँडो पत्ता लगाउन माग गरिएको थियो। गत सोमबार विहान बिर्तामोड नगरपालिका–५ निवासी २५ वर्षीया युवती बस्नेत अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन । युवती बस्नेतको मृत्यु शङ्कास्पद देखिएको छ । युवतीको शरीरका विभिन्न भागमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।  



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment