२०७८ श्रावण २२ गते , शुक्रवार

जापान पठाउने नाममा साढे ६८ लाख ठगी, चार जना पक्राउ

जापान पठाउने नाममा साढे ६८ लाख ठगी, चार जना पक्राउ :: Times of Pradesh

काठमाडौं । जापान पठाइदिने प्रलोभन देखाएर साढे ६८ लाख बढी रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। सामजिक संजाल फेसबुकबाट चिनजान गरी वर्किङ भिषामा जापान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा–१२ पदमपोखरी घर भई नयाँबजार बस्ने ३७ शुभद्रा परियार, इलाम सूर्योदय नगरपालिका–४ अन्तू घर भई नयाँ बानेश्वर बस्ने ३३ वर्षीय पूजा राई, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चे घर भई कपन बस्ने, ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने २१ वर्षीया दीपिका केसी छन्।

आफू जापानको ईमिग्रेसनमा काम गर्ने जापानको नागरिक हो भन्दै भिषा प्रक्रियाको लागि भनेर ३९ लाख ६८ हजार ९९६ रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ। रकम लिएर उनीहरु फरार भएका थिए। पक्राउ परेकाहरुलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको महाशाखाले जनाएको छ।  



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment