२०७८ श्रावण २२ गते , शुक्रवार

भुक्तानी नपाएपछि शिक्षकद्वारा अर्जुनधारा नगरपालिकामा तालाबन्दी

भुक्तानी नपाएपछि शिक्षकद्वारा अर्जुनधारा नगरपालिकामा तालाबन्दी :: Times of Pradesh

झापा । सामुदायिक विद्यालयहरूले भुक्तानी नपाएको भन्दै शिक्षकहरूले झापाको अर्जुनधारा नगरपालिकामा तालाबन्दी गरेको छ । नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूका शिक्षकहरूले नगरपालिकाको मूल ढोकामा तालाबन्दी गरेको सिंहदेवी माविका शिक्षक चन्द्र खत्रीले जानकारी दिए । 
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र सङ्घीय सरकारको सशर्त अनुदान अन्तर्गत अघिल्लो आर्थिक वर्षमा अर्जुनधाराका १५ वटा सामुदायिक विद्यालयले न्यूनतम साढे ६ लाखदेखि ३६ लाखसम्म बजेट प्राप्त गरेका थिए । सरकारले विद्यालयको भवन निर्माण र प्रविधि व्यवस्थापन गर्न सो शैक्षिक सुधार कार्यक्रमबाट नगरपालिकालाई करोडौँ रकम पठाएको थियो । सरकारले रकम पठाएपछि विद्यालयहरूले सम्झौता बमोजिम काम सके पनि नगरपालिकाले भुक्तानी नदिएको विद्यालयका शिक्षकहरूले गुनासो छ ् ।  असार १५ गतेभित्र विल भरपाई नगरपालिकाको लेखा शाखामा बुझाएका थियौ, शिक्षक खत्रीले भने, अहिले बजेट फ्रिज भयो, फिर्ता गयो भन्दै आलटाल गर्ने काम भइरहेको छ । नगरपालिकाले विद्यालयलाई रकम भुक्तानी नगरेकोले तालाबन्दी गरिएको शनिश्चरे माविका शिक्षक पुण्य सुवेदीले बताए । विद्यालयले संरचना बनाउँदा पसलहरूबाट बाँकीमा सामान खरिद गरी काम गरेको बताउँदै उनले भने, अब नगरले भुक्तानी नदिँदा शिक्षकले घर जग्गा बेचेर तिर्नु पर्ने हो रु, यो सब नगरपालिकाको कमजोरी हो । १५ वटा विद्यालयमध्ये २र४ बाहेक अधिकांश विद्यालयले भुक्तानी नपाएको बुझिएको छ । यता शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तोयनाथ रेग्मीले असार ३० गते लेखा शाखाको सफ्टवेयरमा समस्या आएकोले यो अवस्था सृजना भएको बताए । यो समस्या अर्जुनधारामा मात्र नभई अधिकांश स्थानीय तहमा देखिएको बताउँदै उनले भने, 'नगरपालिकाले पहल गरेमा विद्यालयले भुक्तानी पाउँछ ।' कति वटा विद्यालयको भुक्तानी बाँकी छ भन्ने यकिन तथ्याङ्क आफूसँग नरहेको उनले बताए । 
त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले शिक्षकले नगरपालिकालाई जानकारी नगराई एक्कासि तालाबन्दी गर्नु कार्य गलत भएको बताए । 'नगरपालिकाले भुक्तानी दिन चौबिसै घण्टा काम गरिरहेको छ,' उनले भने, 'कहाँ त्रुटि भयो आफूलाई यस विषयमा केही जानकारी भएन ।'
 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment