मानौँ, राजनीति समाज रूपान्तरणको साधन नभएर एउटा धन्दा हो !

रमेश ढकाल । अन्ततः ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना बाट परीक्षण उत्पादन सुरु भएको समाचार आएको छ। यो हामी समस्त नागरिकका लागी अत्यन्तै खुसीको खबर हो। यो सफलताका लागि सरकार तथा सम्बन्धित सबैलाई बधाई तथा धन्यवाद।
“माथिल्लो तामाकोसी जलविद्युत आयोजना आन्तरिक पुँजी परिचालनबाट सुरु गरिएको पहिलो ठुलो आयोजना हो। यो आयोजना पुरा भए सँगै विदेशी लगानी या दाताको सहयोग बिना नेपालको आफ्नै पुँजीले यस्ता ठुला आयोजना बनाउन सकिन्न भन्ने परनिर्भरताका ’हस्ति’ हरूको जोड बल परास्त भएको भनेर पूर्वाधार विज्ञ डा. सूर्य राज आचार्यले लेख्नु भएको छ।“ तर दुःखको कुरा यो खुसीको समाचार सँगै एउटा चिन्ता पनि जोडिएर आएको छ। त्यो के भने ४८ अर्ब लाग्ने अनुमान गरिएको यो आयोजनाको निर्माण अवधि लम्बिँदा लागत बढेर ८४ अर्ब पुगेको भनिएको छ।
केही समय पहिला पुरा भएको, ६ वर्षभित्रमा पुरा हुनु पर्ने मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनलाई झन्डै २२ वर्ष लाग्यो। कल्पना गर्नुस् हाम्रो देशमा यस्ता आयोजनाहरू सुरु भए देखि सम्पन्न हुँदा सम्ममा कति भ्रष्टाचार हुन्छ होला । मेरो आफ्नै नगर भद्रपुरमा ३ वर्ष भित्रमा पुरा हुनुपर्ने भारतको बङ्गाल तथा विहार राज्यसँग जोड्ने मेची पुल तयार हुनलाई ठ्याक्कै ९ वर्ष लाग्यो।
केही समय पहिला पुरा भएको, ६ वर्षभित्रमा पुरा हुनु पर्ने मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनलाई झन्डै २२ वर्ष लाग्यो। कल्पना गर्नुस् हाम्रो देशमा यस्ता आयोजनाहरू सुरु भए देखि सम्पन्न हुँदा सम्ममा कति भ्रष्टाचार हुन्छ होला । मेरो आफ्नै नगर भद्रपुरमा ३ वर्ष भित्रमा पुरा हुनुपर्ने भारतको बङ्गाल तथा विहार राज्यसँग जोड्ने मेची पुल तयार हुनलाई ठ्याक्कै ९ वर्ष लाग्यो।
अर्को तिर यसरी बनेका पुर्वधारहरुको गुणस्तर, स्थायित्व तथा यी सँग जोडिएका भ्रष्टाचारका घटना अलग्गै छन्। बर्खा लागेसँगै निर्माण भैसकेका वा निर्माणाधीन अवस्थामा रहेका सडक पुलहरू भत्किए भाँचिए भासिए भनेर आउने गरेका समाचारहरू हामीलाई सामान्य लाग्छन्। तर यस्ता विषयमा कुनै कन्ट्याक्टरको पफर्मेन्स् बोर्ड सरकारले जफत गरेको भन्ने खाले समाचार भने कहीँ देख्न सुन्न पाइँदैन।
खैर, हाम्रो देशमा यसरी हुने गरेका अनियमितताका घटना या उदाहरणहरूको फेहरिस्त तयार पार्न थाल्ने हो भने लामै बन्छ। तर मैले यहाँ उठाउन खोजेको एउटा मुख्य विषय के हो भने २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना भए पछि बनेका हरेक सरकार र ती सरकारहरूमा सामिल मन्त्री नेताहरूले नछुटाईकन भन्ने गरेको एउटा प्रमुख विषय हो भ्रष्टाचारको उन्मूलन अनि देश र जनताको समृद्धि। तर व्यावहारिक रुपमा हेर्ने हो भने भ्रष्टाचार उन्मूलन हुनुको बदलामा झनै मौलाउँदै आएको छ। सरकारी ऋण र व्यापार घाटा हरेक वर्ष बढेको बढ्यै छ। देशको अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको अवस्था छ।
उता गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने स्विस बैङ्कमा भने नेपालीको बचत रकम हरेक वर्ष दोब्बर हुँदै आएको विवरण सार्वजनिक भइरहेको छ। अहिले यस्तो लाग्छ कि राजनीति समाज परिवर्तनका लागि नभएर भ्रष्टाचार गर्नका लागि हो। मानौँ, राजनीति एउटा छोटो समयमा धेरै सम्पत्ति आर्जन गर्ने धन्दा हो।
यस्तो सोचको विकास पनि किन नहोस्, किनकि व्यावहारिक रूपमा देखिने गरेको पनि यही नै हो। अहिले व्यवसायलाई राजनीतिले उछिनेको छ। अझ भन्ने हो भने, अहिले देशको सिङ्गो राजनीतिलाई नै ठुला ठुला व्यवसायी तथा बिचौलियाहरूले आफ्नो अधीनमा राखेका छन्।
कुनै उद्यम व्यापार व्यवसाय वा नोकरी त बस जीविकोपार्जनका लागि मात्र गर्ने हो। धेरै धन कमाउने हो भने त राजनीतिमा नै लाग्नु पर्छ भनेर हिजो आज मानिसहरू गाउँघर तिर चर्चा गर्न थालेका छन्। यस्तो सोचको विकास पनि किन नहोस्, किनकि व्यावहारिक रूपमा देखिने गरेको पनि यही नै हो। अहिले व्यवसायलाई राजनीतिले उछिनेको छ। अझ भन्ने हो भने, अहिले देशको सिङ्गो राजनीतिलाई नै ठुला ठुला व्यवसायी तथा बिचौलियाहरूले आफ्नो अधीनमा राखेका छन्।
एकातिर हाम्रो सरकार हामी भ्रष्टाचार गर्दैनौ र गर्न पनि दिँदैनौँ भनिरहेको हुन्छ भने अर्को तिर ४८ अर्ब लाग्ने कामका लागि ८४ अर्ब खर्च गरिरहेको हुन्छ – यसलाई आम जनताले कसरी बुझ्ने? भ्रष्टाचार गर्दैनौ र गर्न पनि दिँदैनौँ भनेर सरकारमा आबद्ध हाम्रा नेता मन्त्री ज्युहरूले जतिसुकै चर्का नारा लगाए या भाषण गरे पनि हाम्रो देशको मुख्य समस्या भनेको अहिले पनि यहीँ भ्रष्टाचार नै हो।
अहिले हाम्रो देशमा सत्ता हासिल गर्न र जोगाउनका लागि विभिन्न पार्टीहरूका बिचमा जे जस्ता कसरतहरू भइरहेका छन्, यसले हाम्रा अधिकांश नेताहरूको वास्तविक चरित्रलाई उदाङ्गो पारिदिएको छ। विडम्बना के छ भने सम्बन्धित दलका कार्यकर्ताहरू भने आफ्ना नेताहरूको यो उदाङ्गो रूप देखेर लज्जित हुनुको बदलामा यसैको पक्षपोषण गरेर उफ्रिरहेका छन्।
अहिलेको अवस्थाले यस्तो देखाउँछ, हाम्रा राजनीतिक दल तथा तिनका अधिकांश नेताहरूको अन्तिम लक्ष्य भनेकै सत्ता र शक्ति हो। विश्व व्यापी महामारीका कारण आफ्ना नागरिक रोग, भोग र शोकमा डुबेको अहिलेको यो अत्यन्तै कष्टकर अवस्थामा पनि राजनीतिक दलका शीर्ष नेताहरु देश र आम नागरिक प्रति थोरै पनि इमानदार र चिन्तित देखिन नसक्नु, यो भन्दा ठुलो अर्को दुर्भाग्य के नै पो हुनसक्छ होला र।
यहाँहरूले पनि सुन्नु नै भयो होला, अहिले भारतमा उपचार गराई रहेका नेता झालनाथ खनालको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भनेर भर्खरै समाचार आएको छ। जो आफै पनि अरबपति छन् भने उनका श्रीमती छोराहरू पनि जागिरे व्यवसायी छन्। यता गरिब जनता भने पैसाको अभावमा उपचार गर्न नसकेर ज्यान गुमाउन बाध्य छन्। उता अरबपति नेताहरूको उपचारको खर्च राज्यले बेहोर्ने भनिदैछ। जनपक्षिय, जनवादी, जनप्रेमी, न्याय प्रेमी, क्रान्तिकारी जस्ता अलङ्कारहरू बाट सुसज्जित हुन रुचाउने हाम्रा कम्युनिस्ट नेताहरूको अहिलेको हरकतले, नेताहरु यति धेरै स्वार्थ लिप्त र निर्मम पनि बन् नसक्दा रहेछन् भनेर सोच्न हामी बाध्य भएका छौँ।
सामाजिक विभेद र असमानताको विरुद्ध आवाज उठाउँदै तमाम श्रमजीवी जनता मजदुर किसानको हक हित र अधिकारको रक्षार्थ चट्टान तुल्य उभिने नीति बोकेको कम्युनिस्ट पार्टीको सरकार तथा उक्त सरकारमा सामिल नेताहरूको यस्तो निर्णय सुनेर लाज स्वयम पनि यतिखेर लजाएको हुनुपर्छ। यदि यो सत्य हो भने, सरकारको यो निर्णयले अहिले रोग भोक र शोकमा छटपटाई रहेका जनता प्रतिको उसको गैर जिम्मेवारी पनलाई उदाङ्गो पारिदिएको छ। सरकारको यो निर्णय आमा जनता माथिको अन्याय मात्र हैन अपराध मानिने छ। यसले आम जनता सरकारको प्राथमिकतामा छैनन् भन्ने कुरालाई पनि उजागर गरेको छ।
जस्तै द्रोणाचार्य क्षेत्री, मदन भण्डारी, मन मोहन अधिकारी, विष्णु बहादुर मानन्धर, आदि। अनि यी नेताहरूको सादगी पन तथा समग्र चरित्र सँग हाम्रा अहिलेका शीर्ष नेताहरूको चालढाल, बानीबेहोरा तथा जीवनशैलीलाई दाँजेर हेर्दा के कम्युनिस्टहरू साँच्चिकै यस्तै हुन्छन् ?
सामान्यतया कम्युनिस्ट भन्ने बित्तिकै ’बिना कुनै भेदभाव राज्यका सबै स्रोत साधनमा आम जनताको समान अधिकार र पहुँच हुनु पर्छ’ भन्ने एउटा जबरजस्त सिद्धान्त मेरो स्मृतिमा आउने गर्छ। यो सँगसँगै केही आदर्शवान् नेताहरूको छवि पनि मेरो सामुन्ने आउने गर्छ – जस्तै द्रोणाचार्य क्षेत्री, मदन भण्डारी, मन मोहन अधिकारी, विष्णु बहादुर मानन्धर, आदि। अनि यी नेताहरूको सादगी पन तथा समग्र चरित्र सँग हाम्रा अहिलेका शीर्ष नेताहरूको चालढाल, बानीबेहोरा तथा जीवनशैलीलाई दाँजेर हेर्दा के कम्युनिस्टहरू साँच्चिकै यस्तै हुन्छन् ? भनेर मेरो मनमा बारम्बार उब्जने यो प्रश्न सधैँ अनुत्तरित रूपमै टाढा क्षितिजमा पुगेर बिलाउने गर्छ।
खैर, अहिले ठुला भनेर चिनिने राजनीतिक दल तथा तिनका नेताहरु अझै पनि नसुध्रिने र उनीहरूको यस्तै रवैया जारी नै रहने हो भने आम जनताको सहन शक्तिको बाध टुट्नलाई अब धेरै समय लाग्ने छैन। र यसरी सहन शक्तिको बाध टुटे सँगै आउने भेलको प्रवाहले ठुला राजनीतिक दल र तिनका नेताहरूको अस्तित्वलाई बगाएर कहाँ पुर्याउने हो त्यो देख्नलाई पक्कै पनि धेरै समय कुर्नु पर्दैन।
रमेश ढकाल भद्रपुर, झापा (हाल दोहा, कतार)