२०८१ आश्विन १८ गते , शुक्रबार
प्रदेश १ बजेट : भद्रपुर र बुधबारेमा कृषि उद्योग कोरिडोर कार्यक्रम
झापा । भद्रपुर र बुद्ध शान्तिको बुधबारेलाई कृषि उद्योग कोरिडोरका रुपमा विकास गर्ने भएको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८ ७९ को बजेटमार्फत जिल्लाका ‘भद्रपुर–बुधबारे कृषि उद्योग कोरिडोर’ कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले प्रदेशमा औद्योगिक विकास र प्रवर्द्धनका लागि उक्त कार्यक्रम ल्याएको हो । उनले औद्योगिक विकास र प्रवर्द्धनका लागि औद्योगिक प्रर्देशनी केन्द्र, कृषि तथा उद्योग मन्डी, दुहबी–इनरुवा वन उद्योग कोरिडोरका रुपमा विकास गर्न आवश्यक संस्थागत तथा संरचनागत व्यवस्थाका लागि बजेट विनियोजन गरेको जनाएका छन् ।