२०८१ मंसीर २७ गते , विहीबार
राजवंशी कलाकारहरुलाई राहत वितरण
बिर्तामोड । लामो निषेधाज्ञाका कारण समस्यामा परेका राजवंशी कलाकारहरुलाई राहत वितरण गरिएको छ । हातेमालो अभियानअन्तरगत नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ बाट प्राप्त राहत सामग्रीहरू राजवंशी चलचित्र कलाकार उत्थान केन्द्रमार्फत राजवंशी चलचित्र कलाकारहरूलाई वितरण गरिएको हो ।
पकापरा, भद्रपुर, हल्दिबारी, राजगढ र घैलाडुब्बाका पाँच कलाकार परिवारलाई खाद्यान्न राहत वितरण गरिएको राजवंशी चलचित्र कलाकार उत्थान केन्द्रका अध्यक्ष होमनारायण राजवंशीले जनाएका छन् । राहत वितरण कार्यक्रममा राजवंशी चलचित्र कलाकार उत्थान केन्द्रका अध्यक्ष होमनारायण, उपाध्यक्ष पुर्णप्रसाद ।, सचिव ओमनारायण, सदस्यहरु लखन , भुपाल राजवंशीलगायतको उपस्थिति रहेको थियो ।