२०७८ जेष्ठ २९ गते , शनिवार

‘मिस नेपाल नर्थ अमेरिका’ मा सहभागी हुन जादैं यी नेपाली सुन्दरी !

‘मिस नेपाल नर्थ अमेरिका’ मा सहभागी हुन जादैं यी नेपाली सुन्दरी ! :: Times of Pradesh

झापा । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) मा नेपाली सुन्दरीहरुले महत्वपुर्ण जिम्मेवारी पाएका छन् । पूर्व नेपाल सुन्दरीहरु शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ र मनिता देवकोटा उक्त्त प्रतियोगिताको लागि अमेरिका जाने भएका हुन् ।

मिस नेपाल नर्थ अमेरिका आयोजक समितिले जानकारी गराए अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा नियुक्त गरेको छ । भने सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को जिम्मेवार दिइएको छ । यस्तै, अर्की पूर्व नेपाल सुन्दरी मनिता देवकोटालाई प्रशिक्षक तथा प्रतियोगीलाई तालिमकर्ताको रुपमा सहयोग पुर्याउने छिन् ।

कार्यक्रम आगामी अगस्त ७ गते शनिबारको दिन आयोजना हुनेछ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो । केटिएम दैनिक बाट साभार



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment