२०७८ जेष्ठ २९ गते , शनिवार

भारतको मुम्बई बर्षाको कहर : आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु

भारतको मुम्बई बर्षाको कहर : आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु :: Times of Pradesh

काठमाडौं । भारतको मुम्बईस्थित मलाड क्षेत्रमा एउटा आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ। घना बस्ती रहेको क्षेत्रमा गएराति एउटा घर अचानक भत्किँदा अरु ८ जना घाइते भएको भारतीय अधिकारीहरुले जनाएका छन्। 

घर भत्किँदा केही बालबालिकाको पनि मृत्यु भएको छ। ठूलो आवासीय भवन भत्किँदा आसपासका ३ वटा घर पनि च्यापिएर भत्किएका छन्।  बृहनमुम्बई कर्पोरेसनका अनुसार घटनास्थलबाट १५ जनाको सकुशल उद्धार गरिएको छ।

मुम्बईमा जारी मनसुनी वर्षाका कारण घर भत्किएको हुन सक्ने अनुमान गरिएको छ। बृहनमुम्बई कर्पोरेसनले एउटा घर भत्किएपछि त्यसको आसपासमा रहेका अन्य ठूला आवासीय घरहरुलाई खाली बनाइएको छ। 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment