२०८२ बैशाख ९ गते , मंगलबार
२४ घण्टामा ६ हजार ९५१ जना संक्रमणमुक्त, ९२ जनाको मृत्यु
.jpg)
झापा । देशभर कोरोनाका कारण गत २४ घण्टामा ९२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कूल मृतकको संख्या ७ हजार ९ सय ९० पुगेको छ।
यो अवधिमा ४ हजार ४ सय ७२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। १२ हजार २ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १ सय २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएका छन्।