२०८१ चैत्र १३ गते , बुधबार

तनाव भुल्न योग गर्दै अभिनेत्री कीर्ति सुरेश

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २२ गते , शनिबार
तनाव भुल्न योग गर्दै अभिनेत्री कीर्ति सुरेश

एजेन्सी । दक्षिण भारतीय फिल्मकी स्टार कीर्ति सुरेशले आफ्नो सोशल मिडिया पोस्टमा तनावबाट बच्ने एउटा उपायबारे चर्चा गरिन् । कीर्तिले इन्स्टाग्राममा एक तस्विर पोस्ट गरिन्, जसमा उनी वृक्षान गर्दै गरेको अवस्थामा देखिन्छिन् । तस्विरसँगै उनले लेखेकी छिन्, ‘दिनभरमा गरिएको केही योगले तनावलाई टाढै राख्छ ।’

कीर्तिले तमिल, तेलुगु र मलयालम फिल्ममा अभिनय गरिसकेकी छिन् । उनलाई २०१८ को तेलुगु बायोपिक फिल्म महानतीमा अभिनेत्री सावित्रीको भूमिका निर्वाह गरेबापत भारतको राष्ट्रिय फिल्म पुरस्कार मिलेको थियो ।  चाडैं नै उनी गुड लक सखी, मरक्कर ः अरबीकादलिनते सिम्हम, वाशी र सरकारु वारी पाटा लगायत केही फल्ममा देखिनेछिन् । 

२०१३ को मलयालम फिल्म गितान्जलीमा यी अभिनेत्री पहिलोपटक मुख्य भूमिकामा देखिएकी थिइन् । यसपछि उनले रिङ मास्टर, इधु, एना, माया, रजनी, मुरुगन, रेमो, नेनु शैलजा, बैरवा, थाना सेरन्धा कूटम, सन्दाकोझी २ र सरकार जस्ता फिल्ममा अभिनय गरिसकेकी छिन् । अभिनयसँगै आफ्नो फेशनकलाका कारण पनि यी अभिनेत्री प्रसिद्ध छिन् । उनको जन्म १७ अक्टुबर १९९२ मा मद्रास शहरमा भएको थियो । 

सम्बन्धित समाचार