२०८२ बैशाख १३ गते , शनिबार

यस वर्षको मनसुन ढिलो सुरु हुने

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २१ गते , शुक्रबार
यस वर्षको मनसुन ढिलो सुरु हुने

झापा । नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधि समेतको अवधि पछाडि धकेलिएको हो । 
यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन  तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ ।  त्यस्तै गत वर्षसम्म मनसुन सकिने अवधि सेप्टेम्बर २३ रहेकोमा अब मनसुन सकिने मितिसमेत पछि सर्दै अक्टोबर २ पुगेको छ । त्यसैले यसै वर्षदेखि मनसुन सुरु हुने र अन्त्य हुने अवधि नै पछाडि सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ  । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।  

सम्बन्धित समाचार