२०८२ चैत्र ३ गते , मंगलबार

प्रहरीले कुटपिट गरेको विरोधमा कोसी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १९ गते , बुधबार
प्रहरीले कुटपिट गरेको विरोधमा कोसी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

झापा । प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको विरोधमा कोसी अस्पताल विराटनगरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
कोरोना संक्रमणको बेला सुरक्षाको जिम्मेवारीमा बसेका प्रहरीले स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध लाठी प्रहार गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । नेपाल चिकित्सक सङ्घ कोसीको अगुवाइमा बुधवार अस्पताल परिसरमा प्रहरीले ज्यादती गरेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेका हुन् ।
सङ्घका कोसी अध्यक्ष डा।फरवार्ड सिलवालले ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले अमर्यादित तवरले कुटपिट गर्नु गम्भीर विषय भएको बताउनुभयो ।
कुन अवस्थामा आइरहेको व्यक्ति हो भनेर सामान्य सोधपुछ र पहिचान लिनुपर्दथ्यो, सङ्घका अध्यक्ष सिलवालले भन्नुभयो–त्यसरी अन्धाधुन्ध लाठी बर्साएर तर्साएपछि निर्बाध रुपमा काम गर्न सकिँदैन । चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराउने भएका छन् ।

उनीहरूले लाठी हान्ने प्रहरीलाई तत्काल कारबाहीको प्रक्रिया बढाउनु पर्ने माग समेत गरेका छन् । मोरङ प्रहरीले घटनाको अनुसन्धानका लागि छानबिन समिति बनाउने र डियुटीबाट कुटपिटमा संलग्न प्रहरीलाई हटाउने भएको छ ।

सम्बन्धित समाचार