२०८३ बैशाख १० गते , विहीबार

पीसीआर रिपोर्ट नेगेटिभ आएकै दिन वृद्धसहित झापामा थप दुई जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १८ गते , मंगलबार
पीसीआर रिपोर्ट नेगेटिभ आएकै दिन वृद्धसहित झापामा थप दुई जनाको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा एकजना कोरोना संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएकै दिन मृत्यु भएको छ । मेची कोभिड उपचार केन्द्र भद्रपुरमा विगत दुई सातादेखि उपचाररत बुद्धशान्ति ३ निवासी अन्दाजी ८० वर्षीय दंगाल थरका वृद्धको गएराति अस्पतालमै मृत्यु भएको हो ।

उनको हिजो दिउँसो पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । हिजो दिउँसो रिपोर्ट नेगेटिभ आएको र राति ११ बजे मृत्यु भएको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखाका भोला अधिकारीले जानकारी दिए । उनको फोक्सोमा समस्या भएर मृत्यु भएको हुनसक्ने आशंका चिकित्सकले गरेका छन् । मृतकको शवलाई घरपरिवारले नै स्वास्थ्य सावधानी अपनाएर चिलिमगढीमा दाहसंस्कार गर्न लागेको जनाइएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट अर्जुनधारा नगरपालिकामा केही दिनयता दैनिक एक जनाको मृत्यु भइरहेको छ । पछिल्लोपल्ट अर्जुनधारा नगरपालिका ५ निवासी एक महिलाको कोरोनाबाट मृत्यु भएको हो । अर्जुनधारा ५ की ४२ वर्षीया परियार थरकी महिलाको उपचारको क्रममा हिजो बेलुका ७ः३० बजेतिर बिएन्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । उनको शवलाई नेपाली सेनाले कनकाई माईमा अन्त्येष्टि गर्ने तयारी भइरहेको अर्जुनधाराका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए । 

सम्बन्धित समाचार