२०८१ माघ २५ गते , शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा दमक बहुमुखी क्याम्पसको भवन शिलान्यास 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १४ गते , शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा दमक बहुमुखी क्याम्पसको भवन शिलान्यास 

दमक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दमक बहुमुखी क्याम्पसको भवन आज शिलान्यास गर्न लागेका छन् ।  क्याम्पस प्रमुख नेत्र बुढाथोकीका अनुसार प्रधानमन्त्री ओली भर्चुअल माध्यमबाट व्यवसायिक प्रयोजन सहितका चार वटा ब्लक भवनको शिलान्यास गर्न लागेका हुन। हरेक भवन अन्डर ग्राउन्ड पार्किङ सहित पाँच तलाका बन्ने छन् । सबै ब्लकहरू भूकम्प प्रतिरोधी भएको उनले बताए । 

जसमा एक तला सटर र एउटा भवनमा छ वटा कक्षा कोठा रहेको छ। ‘जम्मा २४ वटा कक्षा कोठा र १४ वटा सटर सहितका भवन बन्छ’ बुढाथोकीले भने ‘भवनको कुल लागत करिब १० करोड रुपैंया छ ।’ भवन बनाउने बजेट सङ्घीय सरकारले विनियोजन गरेको र दमक नगरपालिकामार्फत निर्माण हुन लागेको हो ।दमक प्रधानमन्त्री ओलीको गृह नगर हो ।

सम्बन्धित समाचार