२०८३ बैशाख १० गते , विहीबार

झापामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १३ गते , विहीबार
झापामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु 

झापा। झापामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक-एक जना सङ्क्रमितको मृत्यु भएको छ ।  भद्रपुर नगरपालिका ९ निवासी धिमाल थरका ३९ वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको छ । उनको बिहीबार बिहान बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य सहायक मनोज भट्टराईले जानकारी दिए ।

योसँगै भद्रपुरमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । त्यस्तै झापा गाउँपालिका–५ पुरानो शरणामतीका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । ७८ वर्षीय राय थरका वृद्धको घरमै मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । मधुमेह, प्रोस्टेज र श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग समेतले पीडित पुरुषको होम आइसोलेसनमै गए राति मृत्यु भएको विश्वकर्माले जानकारी दिए । योसँगै झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ ।

सम्बन्धित समाचार