मेचीनगरका सबै विद्यालयहरूमा वार्षिक परीक्षा नहुने

झापा । मेचीनगर नगरपालिका भित्रका सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरूलाई विद्यालयले यस अघि लिएको परीक्षाको आधारमा वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सूचना जारी गरेको छ । अब भने नगरपालिका भित्रका सबै विद्यालयहरूमा यो वर्षको वार्षिक परीक्षा नहुने निश्चित छ । कोभिड १९ का कारण परीक्षा लिन सम्भव नभएपछि यस अघि लिइएका परीक्षाकै नतिजाको आधारमा यो वर्षको वार्षिक परीक्षाको नजिता प्रकाशन गर्ने निर्णय भएको हो ।
नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर शिक्षा शाखा अधिकारी उपसचिव होमनाथ भण्डारीले जारी गर्नुभएको ४ बुँदे सूचनामा यस्तो उल्लेख छ । यो सूचना सार्वजनिक भएसँगै अब उप्रान्त अनलाइनको माध्यमबाट वार्षिक परीक्षा लिन पाईदैंन् । यस अघि अनलाइनबाट परीक्षा लिएको भए त्यसले मान्यता प्राप्त गर्ने तर, नगरपालिकाले सूचना जारी गरेपछि अनलाइन माध्यमबाट समेत परीक्षा लिन नपाइने शिक्षा शाखाले स्पष्ट पारेको छ । शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीका अनुसार नगरपालिकाले तोकेको मापदण्ड भित्र रहेर नगरका सबै विद्यालयले जेठ मसान्त भित्र वार्षिक परीक्षाको नजिता प्रकाशन गरिसक्नु पर्नेछ ।
कक्षा १ देखि ७ सम्मलाई आवधिक परीक्षा र निरन्तर मूल्याङ्कनका आधारमा वार्षिक परीक्षाको अङ्क दिने र नतिजा प्रकाशन गर्नुपर्ने, कक्षा ८ र ९ को लागि यस अघि लिइएका दुई वटा परीक्षाको आधारमा अङ्क दिने तर कक्षा ८ को हकमा सैद्धान्तिक परीक्षाको अङ्क मात्रै जेठ २५ गते भित्र नगर शिक्षा शाखामा उपलब्ध गराउने र प्रयोगात्मक तर्फको अङ्क यस अघि नै विद्यालयले टिइएमआइएस मा अपलोड गरे अनुसार नगरपालिकाले नतिजा प्रकाशन गर्ने, वार्षिक परीक्षाको अङ्क दिदाँं विद्यार्थीले अङ्क पाउने पुष्टि हुने अभिलेख समेत राख्नु पर्ने सूचनामा उल्लेख छ । त्यस्तै सामाजिक सञ्जालमार्फत नतिजा प्रकाशन गर्दा विद्यार्थीको नाम राख्न नहुने र सम्बल नम्बर वा रोल नम्बर मात्रै राख्न पाइने छ ।