२०८३ बैशाख १० गते , विहीबार

मेची कोभिडमा उपचाररत बिरामीहरूको गुनासो : समयमा खाना नपाएर भोकले मरिन्छ, सङ्क्रमितको शव नउठाउँदा त्रास बढ्यो

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ८ गते , शनिबार
मेची कोभिडमा उपचाररत बिरामीहरूको गुनासो : समयमा खाना नपाएर भोकले मरिन्छ, सङ्क्रमितको शव नउठाउँदा त्रास बढ्यो

भद्रपुर। भद्रपुरस्थित मेची कोभिड उपचार केन्द्रमा रहेका संक्रमित बिरामीहरूले समयमा खाना खान नपाउँदा रोगभन्दा भोकले मर्ने अवस्था आएको गुनासो गरेका छन् । अति आवश्यक खानपानको व्यवस्थापकीय कमजोरीले गर्दा अस्पतालमा उपचाररत बिरामीले रोगभन्दा भोकले मर्नु पर्ने अवस्था आएको भन्दै भिडियो मार्फत सार्वजनिक अपिल गरेका हुन् ।
कोभिड १९ सङ्क्रमणले सिकिस्त भएका बिरामी मात्र उपचारका लागि पुग्ने गरेको कोरोना विशेष अस्पतालमा व्यवस्थापकीय लापरबाहीले गर्दा भोक सहेर बस्न नसकिने अवस्थामा पुगेको उनीहरूले फेसबुक मार्फत सार्वजनिक गर्न थालेका छन् ।
अस्पतालमा रहेका बिरामीहरूका अनुसार कोभिड अस्पतालमा बिहानको नास्ता ९ बजेपछि र खाना मध्यान्ह १ बजेपछि आउने गरेको छ । बिरामीहरूका लागि खाने, बस्ने व्यवस्थापन कमजोर रहेको, अस्पतालमा उचित सरसफाइ र पोषणयुक्त खानाको व्यवस्थापन कमजोर रहेको गुनासो छ । अस्पतालमा रहेका बिरामीहरूले भिडियो मार्फत रोगबाट छिटो छुटकारा पाउन समयमा खाना पाउने वातावरण बनाइदिन सरोकारवालासित आग्रह गरेका छन् ।

सङ्क्रमितको शव नउठाउँदा बिरामीहरू त्रसित
मेची अस्पतालमा गए राति कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव नउठाएकोले त्यहाँ उपचारार्थ कोरोना संक्रमित त्रसित बनेका छन् । पाँचथरबाट उपचारका लागि जेठ ५ गते ल्याइएका ६० वर्षीय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको हो । उनको शव बेडमै बेवारिसे हालतमा रहिरहेको त्यहाँ उपचाररत एक बिरामीले जानकारी।

सम्बन्धित समाचार