२०८३ बैशाख १० गते , विहीबार

रेडक्रस झापाले निःशुल्क सञ्चालनमा ल्यायो सङ्क्रमितका लागि ९ वटा एम्बुलेन्स 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ७ गते , शुक्रबार
रेडक्रस झापाले निःशुल्क सञ्चालनमा ल्यायो सङ्क्रमितका लागि ९ वटा एम्बुलेन्स 

भद्रपुर । नेपाल रेडक्रस सोसाइटी झापाले कोभिडका बिरामीलाई जिल्लाभित्रका अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । झापाका रेडक्रसका उपशाखामा भएका ९ वटा एम्बुलेन्स मार्फत कोरोनाका सङ्क्रमितहरूलाई जिल्लाका जुनसुकै अस्पतालमा पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए । 

उनका अनुसार जिल्ला शाखाको एम्बुलेन्स सहित बुद्धशान्ति, कनकाई, दमक, जलथल, लखनपुर, सुरुङ्गा, शरणामति र गौरादहका उपशाखामा रहेका एम्बुलेन्सहरुले जिल्ला भरि कोरोना सङ्क्रमितलाई अस्पताल लैजान निःशुल्क सेवा दिने छ । कोरोना सङ्क्रमितहरूलाई अस्पताल लान जुनसुकै सवारी साधनले नमान्ने भएकाले संक्रमितहरु बेलैमा अस्पताल पुग्न सजिलो होस भन्ने उद्देश्य निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको रेडक्रस सभापति ढकालले बताए ।

सेवा लिनेले रेडक्रसका सम्पर्क व्यक्ति तथा त्यसका चालकलाई सम्पर्क गर्न समेत सभापति ढकालले अनुरोध समेत गरेका छन् । रेडक्रसले गत वर्ष कोरोना संक्रमणको जोखिमका वेला समेत सङ्क्रमितहरूलाई अस्पताल लैजान एम्बुलेन्स सेवा प्रदान गरेको थियो ।

सम्बन्धित समाचार