२०८३ बैशाख १० गते , विहीबार

झापा बारद्वारा तीन थान अक्सिजन सिलिन्डरको लागि रकम हस्तान्तरण 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ७ गते , शुक्रबार
झापा बारद्वारा तीन थान अक्सिजन सिलिन्डरको लागि रकम हस्तान्तरण 

(रेवतीराज घिमिरे) भद्रपुर । नेपाल बार एसोसिएसन झापाले एक व्यक्ति एक सिलिन्डर अभियानका लागि तीन थान अक्सिजन सिलिन्डर बापत नगद ४५ हजार सहयोग रकम हस्तान्तरण गरेको छ । 

भद्रपुरस्थित  एशोसियसनको सभा हलमा शुक्रवार एक संक्षिप्त कार्यक्रमका बिच एसोसिएसनका अध्यक्ष हरि अधिकारीले एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेत तथा रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष अधिकारीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट उच्च जोखिममा रहेका सङ्क्रमितहरूको उपचारमा अक्सिजनको अभाव रहेकोले व्यक्तिको स्वास्थ्यप्रतिको  मानव अधिकारको सम्मान गर्दै विपतको यस घडीमा सो रकम सहयोग गरेको बताएका छन् । 

 उनले निषेधाज्ञाको समयमा घरमै रहन बाध्य हुनु परेको हुँदा घरेलु हिंसाजन्य घटना कसुर समेत हुन सक्ने भएकोले कानुन विपरीत हुने कार्य कोही कसैबाट भएमा स्थानीय जनप्रतिनिधि, प्रहरी, राष्ट्रिय महिला आयोग तथा सिधै अदालतमा उजुरी गर्न समेत सरोकारवाला सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । 

 सचिव हेमकला कट्टेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले अक्सिजन अभावमा झापाका धेरै सर्वसाधारणले ज्यान गुमाउन बाध्य हुनु परेको बताउँदै उनीहरूका लागि नागरिकस्तरबाटै यस अभियानको थालनी गरेको बताए ।  कार्यक्रममा डिएलए झापा अध्यक्ष यज्ञप्रसाद अधिकारी लगायतका कानुन व्यावसायीहरुको सहभागिता रहेको थियो ।

       

सम्बन्धित समाचार