२०८३ बैशाख १० गते , विहीबार

मेची अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ७ गते , शुक्रबार
मेची अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु 

झापा । मेची अञ्चल अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालको एचडियु वार्डमा उपचाररत दुवै जनाको आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सङ्क्रमणबाट मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ निवासी ५० वर्षीय पुरुष र बुद्धशान्ति गाउँपालिका ४ निवासी ४६ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । उनीहरु दुई दिनअघि अस्पतालमा भर्ना भएका थिए । उनीहरूको शव व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ । 

सम्बन्धित समाचार