२०८३ बैशाख १० गते , विहीबार

२४ घण्टामा ६ हजार ५४३ जना कोरोनामुक्त, थपिए ८ हजार ३०५ संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ६ गते , विहीबार
२४ घण्टामा ६ हजार ५४३ जना कोरोनामुक्त, थपिए ८ हजार ३०५ संक्रमित

झापा । देशभर कोरोना संक्रमणले एकैदिन १ सय ९० जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ५ हजार ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो अवधिमा २२ हजार ८७ जनाको परीक्षण गर्दा ८ हजार ३ सय ५ जना संक्रमित थपिएका छन्। २१ हजार ६ सय ९५ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार २ सय २७ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो।  गत २४ घण्टामा ६ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। 

सम्बन्धित समाचार