२०८३ बैशाख ४ गते , शुक्रबार
झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ
झापा । झापा गाउँपालिका २ स्थितबाट लागु औषध खैरोहिरोईन ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका २ का २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा १ का १९ वर्षीय प्रताप लिम्बु रहेका छन् ।
पैदल हिडिरहेका तीनै जनालाई आइतबार राती साढे ८ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरूको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ । ब्राउनसुगर सहित पक्राउ परेका तीनै जना उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ ।