२०८२ बैशाख ५ गते , शुक्रबार
झापामा थपिए २३२ जनामा कोरोना संक्रमित, पाँच जनाको मृत्यु

झापा । झापामा बिहीबार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार पछिल्लो २४ घण्टामा ९९ महिला र १३३ पुरुषमा संक्रमण भएको हो । संक्रमितहरुमा मेचीनगरमा २४ रहेका छन् । मेचीनगरमा वडा नम्बर ४, ५ र १३ वाहेक सबै वडामा संक्रमित थपिएका छन् ।
त्यस्तै दमकमा ८८, बिर्तामोडमा ४६, कनकाइमा १४, शिवसताक्षीमा ११, अर्जुनधारामा १० जनामा संक्रमण भेटिएको छ । कमलमा ९ जना, बुद्धशान्तिमा ८, भद्रपुर र गौरादहमा ७, ७ जना, बाह्रदशीमा ४ जना, गौरीगञ्ज, कचनकबलमा १,१ जना र ठेगाना नखुलेका २ जनामा संक्रमण देखिएको छ । झापामा थप ५ संक्रमितको मृत्यु भएको छ ।