२०८२ बैशाख ५ गते , शुक्रबार
काठमाडौँमा अक्सिजनसहितको बेड अभाव, फेरि ल्याइयो सङ्क्रमितलाई बीएण्डसी
.jpg)
झापा । काठमाडौँमा अक्सिजन सहितको बेड अभाव भएपछि उपचारका लागि एक संक्रमित महिलालाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको छ । काठमाडौँस्थित सातदोबाटोबाट ५७ वर्षीया सावित्रा श्रेष्ठलाई उपचारका लागि बीएण्डसी ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । श्रेष्ठ घरमै आइसोलेसनमा बसिरहेकी थिइन् ।
श्रेष्ठलाई अक्सिजन आवश्यक भएपछि काठमाडौँमा अक्सिजनसहितको बेड खोजिएको थियो । अक्सिजनसहितको बेड नपाएपछि यहाँ ल्याइएको गिरीले जानकारी दिए । बीएण्डसीमा अक्सिजनसहितको बेड सुविधा भएपछि विभिन्न जिल्लाबाट उपचारका लागि आउने गरेका छन् । काठमाडौँबाट आउनेहरूले न्यूनतम ६ लाख भाडामा हेलिकप्टर लिएर आउने गरेको बुझिएको छ । धनगढीका एक सङ्क्रमितलाई उपचारका लागि १२ लाख भाडामा बिर्तामोड ल्याइएको थियो ।