२०८१ माघ २५ गते , शुक्रबार

एम्बुलेन्समा अक्सिजन नहुँदा अस्पताल डुलाउँदा डुलाउँदै झापामा सङ्क्रमितको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २९ गते , बुधबार
एम्बुलेन्समा अक्सिजन नहुँदा अस्पताल डुलाउँदा डुलाउँदै झापामा सङ्क्रमितको मृत्यु

(पार्थ मण्डल) झापा । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै झापामा अक्सिजनको अभावमा देखिन थाली सकिएको छ । अक्सिजन अभावकै कारण भद्रपुरमा एक जना कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाउनु परेको छ । 

संक्रमित बिरामीका लागि भद्रपुर नगरपालिकाद्धारा सञ्चालित एम्बुलेन्समा अक्सिजन सिलिन्डर नहुँदा भद्रपुर ४ मन्त्री बस्ती निवासी ४८ वर्षीय अनुप राजवंशीले अकालमै ज्यान गुमाउनु परेको छ । उनको मेची कोभिड उपचार केन्द्र भद्रपुर मङ्गलवार दिउँसो साढे ४ मृत्यु हो । एक साताअघि संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । मङ्गलवार विहान १० बजे एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि नगरपालिकाद्धारा सञ्चालित मे १ च ३८० नम्बरको एम्बुलेन्स बोलाएको उनका भाइ सञ्जीव राजवंशीले बताए । 
नगरपालिकाको एम्बुलेन्स त बोलाइयो, तर एम्बुलेन्समा अक्सिजन सिलिन्डर नै थिएन, उनले भने, त्यही पनि एम्बुलेन्समा हालेर दाजुलाई तत्काल उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगियौँ ।’ उनले भने, ‘बिएण्डसीमा भर्नाका लागि दुई लाख अग्रिम जम्मा गर्नुपर्छ भनेपछि दाजुलाई त्यहाँ भर्ना गर्न सकेनौँ, त्यसपछि पुनः दाजुलाई भद्रपुर फर्काएर मेची अस्पताल लिएर आयौँ ।’  मेची कोभिड उपचार केन्द्रमा भर्ना गरे लगतै दाजुको मृत्यु भयो, उनले भने । 

‘दाजुलाई श्वासप्रश्वास समस्या निकै बल्झिएको थियो, एम्बुलेन्समा अक्सिजन भएको भए दाजु बाच्नु हुन्थ्यो, तर एम्बुलेन्समा अक्सिजन नहुनु र अस्पतालले तत्काल भर्ना नलिनुले एम्बुलेन्समा डुलाउँदा डुलाउँदै दाजुलाई गुमाउनु पर्यो,’ उनले टाइम्स अफ प्रदेशकर्मीलाई पीडा सुनाए । नगरपालिकाका मेयर साबले एउटा एम्बुलेन्स सञ्चालन गर्दा समेत अक्सिजन नराख्नु विडम्बना भएको बताउँदै उनले भने, ‘अक्सिजन बिनाको एम्बुलेन्स चलाउनु भन्दा थन्काएर राख्नु उचित हुन्छ, यस्तो समस्या अरू कसैले भोग्नु नपरोस् ।’ 

नेपाल–भारत मैत्री सङ्घले २०५८ सालमा भद्रपुर नगरपालिकालाई यही मे १ च ३८० एम्बुलेन्स सहयोग गरेको थियो । लामो समयसम्म एम्बुलेन्स बिग्रिएर थन्किएपछि नगरपालिकाले त्यो एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी झापा शाखालाई केही वर्षअघि मात्र हस्तान्तरण गरेको थियो । रेडक्रसले पनि केही समय कुदाएर त्यो एम्बुलेन्स त्यत्तिकै थन्काएर राखेका थिए । पुनः नगरपालिकाले केही दिनअघि त्यो एम्बुलेन्स झिकाएको र मर्मत सम्भार गरी अहिले प्रयोगमा ल्याएको नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए । 

नगर प्रहरीले परिवारका सदस्यलाई पहिलै भनेका थिए, नगरपालिकाको एम्बुलेन्समा अक्सिजन सिलिन्डर छैन भनेर,  मेयर श्रेष्ठले भने, परिवारकै माग बमोजिम एम्बुलेन्स पठाएको र एम्बुलेन्सले बिएण्डसी अस्पताल पुर्याइदियो । ‘बिएण्डीमा भर्ना हुन नसक्नु र फेरि भद्रपुर फर्काएर ल्याउनुले बिरामीलाई समस्या भएकै हो, उनले भने ।’

‘एम्बुलेन्स बनाएर ल्याएपछि अक्सिजन सिलिन्डरका लागि नगरपालिकाको तर्फबाट मैले नै सिडिओ साबसँग पाँच वटा सिलिन्डर माग गरेका थियौँ,’ उनले भने, ‘जिल्लामै अक्सिजन सिलिन्डरको खोजी भइरहेकोले केही ढिलासँगै समस्या उत्पन्न भएकै हो, सिडिओ साबको सहकार्यमा आज एउटा अक्सिजन सिलिन्डर मगाएका छौँ, अब त्यो नगरपालिकाकै एम्बुलेन्समै प्रयोग गरिन्छ ।’ संक्रमित बिरामीका ओसारपसारका लागि नगरपालिकासँग एम्बुलेन्स नहुँदा रेडक्रसलाई दिएको एम्बुलेन्स फेरि लिएर आएको उनको भनाई ।   


 

सम्बन्धित समाचार