२०८१ फाल्गुन ४ गते , आईतबार

सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो, बुधबार १६८ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २९ गते , बुधबार
सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो, बुधबार १६८ जनाको मृत्यु

काठमाडौं ।  देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको हो । 

जसमध्ये ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन र ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १ सय ६८ जना संक्रमितको मृत्यु भएको छ। 

सम्बन्धित समाचार