२०८३ भाद्र ११ गते , विहीबार
सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो, बुधबार १६८ जनाको मृत्यु
काठमाडौं । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको हो ।
जसमध्ये ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन र ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १ सय ६८ जना संक्रमितको मृत्यु भएको छ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ