२०८१ फाल्गुन ४ गते , आईतबार

मेचीनगरमा कोरोनाबाट एउटै वडाका दुई जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २९ गते , बुधबार
मेचीनगरमा कोरोनाबाट एउटै वडाका दुई जनाको मृत्यु

मेचीनगर ।  मङ्गलवार राति ८ बजेतिर झापा मेचीनगर नगरपालिकाका एउटै वडाको दुई जनाको कोभिड १९ का कारण मृत्यु भएको छ । मेचीनगर —१० बस्ने ३९ वर्षीय एक महिलाको मेची प्रादेशिक अस्पताल भद्रपुर र सोही वडाका ६५ वर्षीय एक पुरुषको पुर्णटुङ्ग विर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको सम्बन्धित वडाले जनाएको छ ।

दुवै शव अस्पतालमा राखिएको भए पनि सम्बन्धित पक्षले यसलाई पुष्टि गर्न बाकी रहेकाले तथ्याङ्कमा नराखेको जनाएको छ । यो सँगै मेचीनगरमा कोभिड १९ ९कोरोना० को नयाँ भेरियन्टको भाइरस सङ्क्रमितका कारण मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । यसअघि मेचीनगर ६ का एउटै वडाका दुई पुरुष र एक महिलाको निधन भइसकेको छ । नगरमा यसको सङ्क्रमण दर र मृत्युदर बढ्दै गएपछि नगरपालिकाले नगरवासीलाई सचेत रहन आग्रह गरेको छ ।

सम्बन्धित समाचार