२०८३ भाद्र ११ गते , विहीबार
उद्योगी सुमन मैनालीले दिए ८ वटा अक्सिजन सिलिन्डर
झापा । कावेली सिमेन्ट उद्योगले ८ वटा अक्सिजनको सिलिन्डर उपलब्ध गराएको छ । कावेली सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक युवा व्यवसायी सुमन मैनालीले आफ्नो उद्योगमा रहेका अक्सिजनको सिलिन्डर जिल्ला प्रशासन कार्यालयलाई ३ थान ,हल्दीवारी गाउँपालिकालाई २ थान र ३ थान मेडिकल क्लिनिकहरुलाई उपलब्ध गराएका हुन् ।
कोभिडका बिरामीलाई आवश्यक परेकाले स्वास्थ्य शाखाले प्रयोग गरिसकेपछि फिर्ता गर्नेगरी अक्सिजनको सिलिन्डर उपलब्ध गराउन स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले आह्वान गरेका छन् । हल्दीवारीमा कोभिडका बिरामीलाई लक्षित गरी २५ बेडको आइसोलेसन सेन्टर तयारी अवस्थामा राखिएको छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ